शुक्रबार १८ आश्विन, २०८१ (Friday October 04, 2024)

जौँ र उवाको म्याग्दीमा व्यावसायिक खेती

सोमबार १४ आश्विन, २०८१ nepalexplores 1160


जौँ र उवाको म्याग्दीमा व्यावसायिक खेती

१४ असोज, काठमाडौं ।

म्याग्दीमा जिल्लाको रघुगङ्गा गाउँपालिका–५ झिँमामा परम्परागत बाली जौँ र उवाको व्यावसायिक खेती र उत्पादन तथा ‘ब्राण्डिङ’ परियोजना सुरुवात भएको छ। 

परम्परागत जौँ र उवा बालीको व्यावसायिक खेतीको विकास गरि किसानको आयआर्जनमा सहयोग पु¥याउने उद्देश्यले गण्डकी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको नवप्रवर्द्धन साझेदारी कार्यक्रम अन्तर्गत परियोजना लागू भएको हो। 

“लोप हुँदै गएको परम्परागत जौँ र उवा बालीको संरक्षण गरी विभिन्न खाद्य परिकार बनाएर बजारीकरण गर्ने उद्देश्यले परियोजना सुरु गरेका हौँ”, रघुगङ्गा गाउँपालिका–५ का वडाध्यक्ष मनबहादुर शेरमञ्जाले जानकारी दिएका छन्।  

प्रदेश सरकारको ७५ प्रतिशत र गाउँपालिकाको २५ प्रतिशत साझेदारीमा रु एक करोड लागतमा जौँ र उवाको उत्पादसँगै किसानलाई गाउँमै आम्दानीको अवसर सिर्जना हुने अपेक्षा सहित परियोजना सुरु भएको जानकारी दिएका छन्।


 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु