बुधबार ८ जेष्ठ, २०८२ (Wednesday May 21, 2025)

जलवायु परिवर्तनको असर विदेशी पर्यटक चरामा

शुक्रबार २३ कार्तिक, २०८१ nepalexplores 1256


जलवायु परिवर्तनको असर विदेशी पर्यटक चरामा

२३ कात्तिक, काठमाडौं । 

जलवायु परिवर्तनको असर विदेशी पर्यटक चरामा परेको छ।

हिउँद यम सुरु भएसँगै जाडो छल्न आउने चरा चैत अन्तिमसम्म नेपालमा आउने गर्छन्। जलवायु परिवर्तनका कारण आवास परिवर्तन, प्रवासनको समय परिवर्तन, खाद्य चक्रको परिवर्तन, रोग र परजीवीहरूको वृद्धि लगायत समस्याले आगन्तुक चरामा असर परेको देखिन्छ। 

उपयुक्त वातवारण अभावमा आगन्तुक पर्यटक चराको सङ्ख्यामा कमी देखिन थालेको कोशी टप्पु लर्निङ ग्राउण्ड्समा कार्यरत प्राकृतिक पदप्रदर्शक चरा जानकार अनिश तिम्सिना बताउँछन्। कोशीटप्पु वन्यजन्तु आरक्ष चराको राजधानी मान्ने गरिन्छ। देशभरि पाइने आठ सय ९५ चरामध्ये हाल यहाँ पाँच सय ३५ चरा फेला परिसकेका छन्।

कोशी बर्ड सोसाइटीको अगुवाइमा भएको जलपक्षी गणना सन् २०२३ मा कोशीटप्पु वन्यजन्तु आरक्षमा ५८ प्रजातिका १३ हजार छ सय ६८ को सङ्ख्यामा चरा आएको तथ्याङ्क छ।

खेतबारीमा लगाइएको अन्नबालीमा बढ्दो विषादी प्रयोगले चरालाई सङ्कट बढ्दै गएको हुँदा सबै सरोकारवाला निकायको त्यसतर्फ ध्यान जान जरुरी रहेको तिम्सिनाको भनाइ छ।कोशी टप्पुमा बर्सेनि नयाँनयाँ प्रजातिका चरा आउने क्रम थपिए पनि विगत वर्षमाझैँ झुण्डझुण्डमा आउने चराको सङ्ख्यामा भने कमी आएको छ।

कोशीटप्पुकै आसपासको बर्जुताल र मोरङको बेतना सिमसारमा भने अझै पनि पाहुना चरा झुण्डमै आउने गरेको पाइएको छ। विशेषगरी मङ्सिरदेखि चैतसम्म विदेशी चरा यहाँ बस्ने गर्छन्। पछिल्लो समय जलवायु परिवर्तन प्रभावको कारण हुनसक्छ विगतका वर्षहरूमा जस्तो चराको झुण्ड कम देखिन्छ।

उत्तरी ध्रुवमा हिमपात सुरू भएसँगै हिउँदयामको बढ्दो जाडो छल्न नेपालका तल्लो हिमाली भेग, पहाड र तराईका विभिन्न भूभाग तथा तालतलैया र नदी आसपासमा हजारौँ पर्यटक चरा बसाइँ सरी नेपालका विभिन्न सिमसार, खोलानालामा आउने गर्दछन्। 

बर्सेनि करिब एक सय ५० प्रजातिका चरा रुस, किर्जिस्तान, चीन, तुर्किस्तान, उज्वेकिस्तान, अजरवैजान, मङ्गोलियाका साथै युरोप, कोरिया तथा तिब्बती क्षेत्रबाट नेपालमा आउने गरेको तथ्याङ्क छ। 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु