मंगलवार १२ श्रावण, २०८३ (Tuesday July 28, 2026)

आज घटस्थापना दशैंघरमा राखियो जमरा 

सोमबार ६ आश्विन, २०८२ nepalexplores 1340


आज घटस्थापना दशैंघरमा राखियो जमरा 

६ असोज, काठमाडौं ।
आज घटस्थापना दशैंघरमा जमरा राखिएको छ।

 गोरखा दरबारको दशंैघर र हनुमानढोकास्थित दशैंघरमा जमरा राखिएको छ। आज बिहान ९ बजेर १३ मिनेटको साइतमा जमरा राखिएको हो।

नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा अथवा दशैं घरमा विधिपूर्वक राखेर त्यसमाथि जौं छरेर जमरा राखिएको छ।

विधिपूर्वक घट अर्थात् घडा स्थापना गरी त्यही घडामाथि शक्तिस्वरुपा दुर्गाको पूजा गरिने भएकाले आजको दिनलाई घटस्थापना भन्ने गरिन्छ। 

परम्परा अनुसार काठमाडौंको हनुमानढोका दरबार र गोरखा दरबारको दशैंघरमा घटस्थापनापछि नवरात्रभर दैनिक बलि दिई शक्तिस्वरुपा दुर्गा देवीको विधिपूर्वक पूजा आराधना सुरु हुने र मंगल धुन पनि बजाइने जनाएको छ।

          


 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु