शुक्रबार १६ आश्विन, २०८३ (Friday October 02, 2026)

विदेशबाट हेर्दा वातावरणप्रति सचेत जनप्रतिनिधि

शुक्रबार १६ आश्विन, २०८३ nepalexplores 1168


विदेशबाट हेर्दा वातावरणप्रति सचेत जनप्रतिनिधि

१६ असोज, काठमाडौं ।

देवशंकर पौडेल

भुवनेश्वर ढकालजी ९लमजुङ० रामेछाप जिल्लाका बारेमा समेत भलिभाँति जानकारी राख्नु हुन्छ । उहाँ रामेछापमा रहँदा वन र वातावरण सम्बन्धि कार्यक्रममा दिल दिएर खट्नु भयो । त्यसबेला मलाई सम्झना छ, खगेन्द्र सिक्तेल, हेम तेम्बे, डम्बर तेम्बे आदि साथीहरू सक्रिय हुनुहुन्थ्यो । उहाँहरू बौद्धिक पनि हुनुहुन्थ्यो । म र भरतप्रसाद भण्डारी ९खनियापानी० सँग उहाँहरूको वारम्बार भेटघाट हुन्थ्यो । भेटमा रामेछाप जिल्लाको वन र वातावरणका वारेमा छलफल भइरहन्थ्यो ।

भरखरै अर्थात् २०८३ साल साउन २८ देखि भदौ २६ सम्म म संसारकै दुरदेश भनौँ या सूर्यको पहिलो कीरण पर्ने मुलुक न्युजिल्यान्डमा रहेँ । भुवनेश्वर ढकालजी पनि न्युजिल्याण्डमा हुनुहुँदो रहेछ । नाति डा।गोविन्द पौडेलद्वारा पनि म न्युजिल्यान्ड जाँदै गरेको जानकारी पाउनु भएको रहेछ । म पुग्नासाथ उहाँसँग सम्पर्क भयो । उहाँसँगको भेटले मलाई अनेकौँ कुरामा सहजता भयो ।

ढकालजीले एक साँझ उहाँको निवास न्युजिल्यान्डको लिङ्कन नामको सानो सहरमा बोलाउनु भयो । भुवनेश्वरजीले उज्यालो रहँदै आउन आग्रह गर्नु भयो । पटकपटक चाँढै आउन भन्नु भयो । छोरा भिमेशको सहायताले हामी लिङ्कन सहर पुग्यौँ । लिङ्कन नामको सानो सहर त नेपालको जिरीमा पनि छ । यी दुई सहरको नामाकरण गर्ने ज्योतिषी एउटै परेछ, या त ग्रह नक्षत्र एउटै परेछ । यी दुई विच मित लाइदिउँ जस्तो पनि लाग्यो । मनमा लागे पनि म त्यो हैसियतमा थिइँन । अझै मनमा छ । मेरो हृदयमा जागृत भएका वन तथा वातावरण सम्बन्धि जिज्ञाशाको गहिराई प्रति ढकालजी पूर्वजानकारी राख्नु हुँदोरहेछ । नेपालबाट केहिदिनका निम्ति न्युजिल्यान्ड पुगेको मलाई वातावरणका वारेमा व्यवहारिक जानकारी दिने उद्देश्य ढकालजीको थियो । उक्त सहरका विशेषता देखाउन एक घन्टा डुलाउनु भयो । 

न्युजिल्यान्डको इतिहासमा चारसय वर्षपछि पहिलो पटक सन् २०१० मा ७ः०५ रेक्टर स्केलको भूकम्प गएछ । सन् २०११ मा ६ः०५ रेक्टर स्केलको अर्को भूकम्प थपिएछ । भूकम्पको गहिराईका कारण पहिलोले क्षति नगरे पनि दोश्रो भूकम्पले तीनसयको सङ्ख्यामा मानवीय क्षति हुन पुगेछ । क्षति भएको सहरी क्षेत्रबाट बस्ती हटाएर न्युजिल्यान्ड सरकारले नयाँ र सुरक्षित स्थानमा सहर बसालेको रहेछ । त्यहि नै लिङ्कन सहर रहेछ ।

हामीलाई भुवनेश्वर ढकालजीले नयाँ ठाउँमा सहर बनाउँदा गरिएको प्लानिङमा सहरको पानी व्यवस्थित गर्नेगरि गरेको व्यवस्था देखाउनु भयो । हरियालीलाई कसरी व्यवस्थित गर्ने भनेर ठाउँठाउँमा पोखरी तयार गरेको देखाउनु भयो । पोखरी गोलाकार, आयताकार, त्रिभुजाकार वा मानव निर्मित जस्ता देखिँदैनथे । हामीले यी पोखरी किन यस्ता छन् त रु भनेर सोधेको, उहाँले भन्नु भयो– “प्रकृतिमा जस्तो हुन्छ त्यस्तै बनाउँन मन पराउँछन्, यहाँका योजनाकारहरू” भन्नु भयो । पोखरीमा विभिन्न हाँसहरू तैरियिरहेका थिए । वातावरण पुरै प्राकृतिक थियो ।

त्यहाँ घुमिरहँदा मैले भुवनेश्वरजीसँग भनेँ– ढकालजी ∕ मैले रामेछाप जिल्लाको खाँडादेवी गाउँ पालिका सम्झिएँ । त्यहाँका जनप्रतिनिधि धनबहादुर मानन्धरले हैसियत गुमेको रातोडाँडामा वृक्षारोपण गरेर हरियाली भर्नु भएको थियो । उहाँ पछिका जनप्रतिनिधि कृष्णप्रसाद पौडेलले पनि उक्त अभियानलाई निरन्तरता दिनु भयो । अझ लिङ्कन सहरको सोचसँग मिल्ने सोच खाँडादेवी गाउँपालिकाका अध्यक्ष ज्ञानकुमार श्रेष्ठजीले ठाउँठाउँमा पोखरी खनेर वर्षाको पानी जमाउने, पानीको सिपेजले जमिन रसिलो हुन्छ भन्ने व्यवहारिक सोच अघिसार्नु भएको थियो । पहिलो वर्ष पोखरीमा दिगो रुपमा पानी नजमे पनि यो अवधारण सहि थियो । 

हुन पनि केहि वर्ष अगाडिको कुरा हो, पकरबासको प्राकृतिक जङ्गलका साल र सल्लाका सैकडौँ रुखहरू जमिन भित्र चिस्यान नपाएर उभिएको उभिएकै अवस्थामा सुकेका थिए । सायद यहि अवस्थाको मध्य नजर गरेर होला, खाँडादेवी गाउँपालिकाले यो कदम चालेको हुँदोहो ∕ खाँडादेवी गाविसको अवधारणा र लिङ्कन सहरको अवधारणा उस्तै उस्तै लाग्यो । 

यस्तै यस्तै छलफल गर्दै हामी भुवनेश्वरजीका निवासको पारिवारिक वातावरणमा पुग्यौँ । त्यहाँ चन्द्र राई ९भोजपुर० सँग परिचय भयो । राजाराम थपलिया, विजया थपलिया ९काठमाडौँ०, छोरा भिमेश, बुहारी रक्षा र नातिहरू ९छन्दु र रायन० सँग सन्ध्याकालीन भोजन ग¥यौँ । विदेशमा रहनुहुँने नेपाली साथीहरूको परिस्थितिवस तन त्यहाँ ९अमुकअमुक देशमा० भएपनि, मन भने नेपालका कुनाकुनामा भौँतारिइरहेको देखियो । यसलाई व्यवस्थापन गर्ने उपाय नेपालले निकाल्नु पर्छ । आआफ्नो ठाउँबाट पहल गर्नु हामी सवैको कर्तव्य हो।
२०८३ असोज १६
 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु