बिहीबार ७ जेष्ठ, २०८३ (Thursday May 21, 2026)

मन्त्रिपरिषद पुनर्गठनः यी हुन् नयाँ मन्त्रीहरु

आईतवार १२ असार, २०७९ Nepalexplores 1316


मन्त्रिपरिषद पुनर्गठनः यी हुन् नयाँ मन्त्रीहरु

काठमाडौं । मन्त्रिपरिषद पुनर्गठन भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार मन्त्रिपरिषद पुनर्गठन गरेका हुन् ।

नेकपा एकीकृत समाजवादीबाट सरकारमा सहभागी मन्त्रीहरु हेरफेर भएका छन् । राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद पुनर्गठन गरेको जनाएको हो ।

राष्ट्रपति कार्यालयका अनुसार एकीकृत समाजवादी पार्टीको तर्फबाट जीवनराम श्रेष्ठ संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री, मेटमणि चौधरी सहरी विकास मन्त्री, शेरबहादुर कुँवर श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री, भवानी खापुङ स्वास्थ्य तथा जनसंख्या मन्त्री र हीरा केसी स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री बनेका छन् ।

मन्त्री परिवर्तनको विषयले सत्ता साझेदार दल एकीकृत समाजवादीमा विवाद भएको थियो । भर्खरै सम्पन्न पार्टीको पोलिटव्युरो बेठकले पार्टीको पुर्ववत निर्याय तत्काल कार्यान्वयन गर्न भनेको थियो ।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु