शुक्रबार ३० आश्विन, २०८३ (Friday October 16, 2026)

दसैंका लागि असोज १३ देखि नयाँ नोट साट्न पाइने

बुधबार २६ भाद्र, २०८१ nepalexplores 1528


दसैंका लागि असोज १३ देखि नयाँ नोट साट्न पाइने

२६ भदौ, काठमाडौं ।
नेपाल राष्ट्र बैंकले बुधबार एक सूचना जारी गर्दै असोज १३ गतेदेखि २२ गतेसम्म नोट साट्न सकिने जनाएको छ।

 दसैं नजिकिय संगै नयाँ नोट साट्नेको चहलपहल बड्न थालेकोले असोज १३ गतेदेखि नयाँ नोट साट्न पाइने भएको छ। नेपाल राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग र बैंकिङ विभाग बाट नोट साट्न सकिने व्यवस्था गरेको छ। 

इजाजत प्राप्त बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयहरू बाट समेत नोट सटही गर्न सकिने छ। राष्ट्र बैंकको प्रदेशस्थित कार्यालय जनकपुर,वीरगन्ज, पोखरा, सिद्धार्थनगर, नेपालगन्त्र र धनगढीबाट नोट सटहीको सुविधा लिन सकिने बैंकले जनाएको छ।  

हरेक वर्ष दसैंका लागि नयाँ नोट बाँड्दै आएको नेपाल राष्ट्र बैंकले यस पटक सुकिला नोट मात्र दिने भएको छ।

 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु