बुधबार १२ चैत्र, २०८१ (Wednesday March 26, 2025)

जग्गाको कित्ताकाटमा प्रतिबन्ध लगाउने हेटौंडा उपमहानगरको निर्णय

बुधबार २२ असार, २०७९ Nepalexplores 1189


जग्गाको कित्ताकाटमा प्रतिबन्ध लगाउने हेटौंडा उपमहानगरको निर्णय

काठमाण्डौ । हेटौंडा उपमहानगरपालिकाले खेती योग्य जमिनको बढ्दो खण्डीकरणलाई न्यूनीकरण गर्ने उद्देश्यले जग्गाको कित्ताकाटमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ । सोमबार बसेको पाँचौँ कार्यपालिका बैठकले जग्गाको कित्ताकाटमा रोक निर्णय गरेको हो ।


हेटौंडा उपमहानगरपालिकाका प्रवक्ता सविन न्यौपानेका अनुसार जग्गाको वर्गीकरण पछि मात्रै कित्ताकाट खुला गर्ने निर्णय कार्यपालिका बैठकले गरेको हो । बैठकले सामाजिक विकास महाशाखा प्रमुख विष्णुकुमारी लामिछानेको संयोजकत्वमा जग्गा वर्गीकरण कार्यदल गठन गर्ने समेत निर्णय गरेको छ । 
 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु