सोमबार २ माघ, २०७९
काठमाडौं । नेपाली कांग्रेसले सभामुखमा उम्मेदवारी दिनेरनदिने निर्णयका लागि सर्वदलीय बैठकलाई प्रतीक्षा गर्ने भएको छ । संसद सचिवालयले सभामुखको मनोनयन दर्ताको कार्यतालिका बुधबारको लागि राखेको छ ।
कांग्रेसले सभामुखमा उम्मेदवारी दिने वा नदिने सन्दर्भमा पार्टीमा कुनै छलफल नभएको नेता रामचन्द्र पौडेलले जानकारी दिए ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलबार सर्वदलीय बैठकको आह्वान गरेका छन् ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई बालकोटमा भेटेपछि निस्कने क्रममा प्रधानमन्त्री प्रचण्डले कांग्रेसका बारेमा मंगलबार नै थाहा हुने बताए । उनले भने, ‘सरकारलाई विश्वासको मत दिने सबै पार्टीको भोलि (मंगलबार) बैठक छ । भोलि टुंगिन्छ ।’