बिहीबार १७ बैशाख, २०८३ (Thursday April 30, 2026)

यस्तो छ, आज तरकारी र फलफूलको बजार मुल्य 

शुक्रबार २४ असार, २०७९ Nepalexplores 1328


यस्तो छ, आज तरकारी र फलफूलको बजार मुल्य 

काठमाडौं  । कालिमाटी फलफूल तथा तरकारी बजार विकास बोर्डले कालिमाटी तरकारी बजारका लागि नयाँ मूल्य सूची कायम गरेको छ ।

बोर्डका अनुसार कालिमाटी फलफूल तथा तरकारी बजारमा आज ठूलो गोलभेँडा (भारतीय) ८० देखि ९० रूपैयाँसम्ममा कारोबार भइरहेको छ ।


यस्तै नेपाली ठूलो गोलभेँडा ६० रुपैयाँदेखि ७० रुपैयाँ प्रतिकिलो मूल्य कायम भएको छ ।

कालिमाटी फलफूल तथा तरकारी बजार विकास बोर्डले निर्धारण गरेको थोक मूल्यसूची अनुसार रातो आलुको मूल्य ५४ रुपैयाँदेखि  ५५ रुपैयाँसम्म कायम गरिएको छ । रातो आलु (भारतीय)को मूल्य ३७ देखि ३९ रुपैयाँ छ ।

यस्तै सुकेको प्याज (भारतीय) ३६ देखि ३८ रुपैयाँ प्रति किलोका दरले कारोबार भइरहेको छ ।  

कागती प्रति किलो १२० रुपैयाँदेखि १५० रुपैयाँसम्म कारोबार भइरहेको छ ।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु