मंगलवार ६ आश्विन, २०८३ (Tuesday September 22, 2026)

 पार्टीको पुनर्गठन आजको आवश्यकता डा. भट्टराई

मंगलवार २८ असार, २०७९ Nepalexplores 1516


 पार्टीको पुनर्गठन आजको आवश्यकता डा. भट्टराई

 काठमाडौं । जसपा नेपालका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले जसपाको वैधानिक बहुमत आफूहरुसँग रहे वा नरहे पनि पार्टीको पुनर्गठन अनिवार्य आवश्यकता भएको बताएका छन् । मंगलबार जडीबुटीमा आयोजित पार्टीको बैठकमा राजनीतिक प्रतिवेदन पेस गर्दै उनले बैठकले निकालेका निष्कर्षको आधारमा पुनर्गठित पार्टीको घोषणापत्र, विधान, नियमावली र आचारसंहिता निर्माण गर्ने जनाएका छन् ।

समुन्नत संघीय समाजवादको सिद्धान्तमा आधारित प्रगतिशील, लोकतान्त्रिक तथा समावेशी चरित्रको वैकल्पिक राष्ट्रिय राजनीतिक दल निर्माण गर्नु, यसको संगठनात्मक शक्ति र आन्दोलनमार्फत् जनताको पहिचान, अधिकार, समावेशीता, सुशासन, आर्थिक विकास, समृद्धि र समाजवादको अपेक्षा पूरा गर्नु जसपाको मूल ध्येय रहेको र त्यो ध्येयबाट आफूहरु किञ्चित विमुख नभएको उनले प्रस्ट पारेका छन् ।


‘हामीसँग जसपाको वैधानिक बहुमत रहे वा नरहेको दुवै अवस्थामा पार्टीको पुनर्गठन एक अनिवार्य तथा अपरिहार्य ऐतिहासिक आवश्यकता बन्न पुगेको छ,’ उनले भनेका छन्, ‘पार्टी पुनर्गठन के कसरी गर्ने रु यसबारे कुनै ठोस र मूर्त निर्णय गर्ने अधिकार यसै विस्तारित बैठकको अधिकार हो । तसर्थ यो बिषयमाथि गम्भीर, सघन विचार, विमर्श गर्ने र कुनै निर्णयमा पुग्ने कार्यभार यही बैठक सामु छोड्न चाहन्छु ।’


छलफलका लागि उनले दुई विकल्प पनि प्रस्ताव गरेका छन् । पहिलो विकल्पमा नयाँ ढंगले वैकल्पिक राजनीतिक शक्ति निर्माणको अभियानलाई अघि बढाउने र दोस्रो विकल्पमा विचार, नीति, कार्यक्रम मिल्ने निकटतम् शक्तिहरुसँग सहकार्य, ध्रुबीकरण, एकीकरण गर्दै जाने उल्लेख छ । 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु