बिहीबार २२ आश्विन, २०८३ (Thursday October 08, 2026)

गभर्नर अधिकारीले तत्काल राजीनामा दिनुपर्छः नेता श्रेष्ठ

बिहीबार ३० असार, २०७९ Nepalexplores 1528


गभर्नर अधिकारीले तत्काल राजीनामा दिनुपर्छः नेता श्रेष्ठ

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का नेता नारायणकाजी श्रेष्ठले विवाद भएपछि राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले राजीनामा गरेर पद छोड्नु पर्ने बताएका छन् ।  बिहीबार राष्ट्रिय सभाको बैठकमा बोल्दै नेता श्रेष्ठले २०७३ सालमा महाप्रसाद अधिकारी अहिले आएर कसरी एम. अधिकारीमा रुपान्तरण भयो ? भनेर प्रश्न समेत गरे । 

नेकपा एमालेको अर्थ तथा योजना विभागको एक जना सदस्य जो ७३ सालमा महाप्रसाद अधिकारीको नाममा हुनुहुन्थ्यो । त्यही महाप्रसाद अधिकारीको नाममा भएको व्यक्ति अहिले एम. अधिकारीमा रुपान्तरण भएर अर्थ तथा योजनाविद भनेर राखिएको छ’, श्रेष्ठले प्रश्न गर्दै भने, ‘अहिले प्रश्न मात्रै होइन सवै जसोको बुझाई छ कि उहाँ नै त होला । त्यही जिल्लाको एम अधिकारी को होला त अरु ? त्यस्तो चर्चा छ । ’


‘नेकपा एमाले वा गर्भनर अधिकारीले विश्वसनीय ढंगले खण्डन गर्नुभएको छैन । गर्न सक्ने स्थिति पनि होला नहोला’, उनले  राष्ट्र बैक ऐनले कुनैपनि राजनीतिक दलको सदस्य गभर्नर पदमा बस्न मिल्दैन भन्ने उल्लेख गरेको स्मरण गराउँदै श्रेष्ठले भने, ‘यस्तो अवस्थामा उहाँ बसिरहन मिल्छ कि मिल्दैन ? कि त होइन भन्ने पुष्टि गर्ने आधिकारिक कागजात चाहियो होइन भने विवाद भयो अन्योल भयो भन्नेमात्र तर्क गरेर भएन, राजीनामा गर्नु र पद छोड्नुपर्छ ।’ 


उनले ढाँट छल गर्ने प्रवृति मौलाएर जाँदा देश कहाँ जान्छ भन्ने प्रश्न गर्दै यसबारे सरकार र पार्टीको गम्भीर ध्यानाकर्षण गराए ।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु