बिहीबार १८ भाद्र, २०८३ (Thursday September 03, 2026)

मुलुकको परिवर्तन जनविद्रोहबाट मात्रै सम्भावः सम्मानित नेता खनाल 

बिहीबार १६ भाद्र, २०७९ Nepalexplores 1535


मुलुकको परिवर्तन जनविद्रोहबाट मात्रै सम्भावः सम्मानित नेता खनाल 

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले आफना विचारहरु जवान भएको बताएका छन् । एकीकृत समाजवादी सुर्खेतले बुधबार सुर्खेत आयोजना गरेको जिल्ला स्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले, नेपाललाई आमूल परिवर्तन गर्ने एक मात्र पार्टी नेकपा (एकीकृत समाजवादी) भएको बताए ।

उनले भने ‘हाम्रा सामू अनेक चुनौती छन् । सुरुवातमा जब नेपाल कम्युनिष्ट पार्टी थालनी भयो त्यसै दिनबाट कम्युनिष्ट क्रान्तिको सुरुवात भएको थियो । बिगतदेखि नै हाम्रो कम्युनिष्ट पार्टीको नेतृत्व गलत व्यक्तिको हातमा गयो र बेला बेलामा कम्युनिष्ट क्रान्ति माथि प्रहार भयो । र पार्टी भित्र पटक पटक विद्रोह भयो ।’


नेता खनालले देशको परिवर्तन छापामार, र जनयुद्धबाट होइन जनविद्रोहबाट सम्भाव भएको बताउँदै आफू वृद्ध भए पनि विचार जवान भएको बताए । एकपछि अर्को पिढी आउँछ तर विचार कहिले पनि बुढो हुँदैन । क्रान्तीमा लागिसकेपछी हामी एकछिन पनि आराम लिनुहुँदैन । हामी अहिले नयाँ क्रान्तिमा आएका छौु उनले भने ।


विगत सम्झदै नेता खनालले भने, ुएउटा राजाले त उद्योग बनाउँछन्, कलकारखाना खोल्छन् भने दुई तिहाईको कम्युनिष्टको सरकारले यस्ता कामहरु गर्न नसक्दा आज केपी ओलि यो ठाउँमा पुगेका छन् र अझै यो भन्दा तल्लो स्तरमा पुग्दैछन् । जनताका सामु अनुहार देखाउन नसकिने स्थिती आएपछी हामीले यो विकल्प रोजेका हौुं उनले भने । 

आफूहरुको विद्रोह संविधानको रक्षा गर्न, संसदलाई बचाउनका निम्ति र विचारलाई बचाइ राख्नको लागि भएको उनले बताए । अब समाजवादी क्रान्तिलाई अगाडि बढाउन लाग्नु पर्ने उनको भनाइ छ । 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु