शुक्रबार ३० आश्विन, २०८३ (Friday October 16, 2026)

मनोहरा खोला क्षेत्रका सुकुमबासीको बिचल्नी, किनारका बस्ती डुबानमा

बुधबार २५ श्रावण, २०७९ Nepalexplores 1254


मनोहरा खोला क्षेत्रका सुकुमबासीको बिचल्नी, किनारका बस्ती डुबानमा

काठमाडौं । काठमाडौं उपत्यकामा मंगलबार राति परेको झरीका कारण बागमती र सहायक नदीमा पानीको बहाव उल्लेख्य बढेको छ । भक्तपुरको मनोहरा खोला वरपरका सुकुमबासी बस्तीमा बाढी पसेको छ ।

मनोहरा खोलाको पानी वस्तीमा पस्दा भक्तपुरका केही क्षेत्र डुबानमा परेका छन् । विशेषगरी सुकुमबासी वस्तीमा पानी पसेको हो । त्यहाँ रहेका केही टहरासमेत बाढीले बगाएको छ ।


काँडाघारीमा रहेको प्रहरी प्रभाग र केही बस्ती डुवानमा परेको प्रहरीले जनाएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो पहाडी भू-भागका केही र बाँकी भूभागका थोरै स्थानमा वर्षाको सम्भावना  छ । प्रदेश १, बागमती र गण्डकीका एक वा दुई स्थानमा भारी वर्षाको पनि हुन सक्ने आंकलन गरिएको छ । 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु