शनिबार १८ माघ, २०८२ (Saturday January 31, 2026)

स्याङ्जाको राम्चेडाँडा पर्यटकीय क्षेत्रका रूपमा विकास हुँदै 

मंगलवार ८ पुष, २०८२ nepalexplores 1200


स्याङ्जाको राम्चेडाँडा पर्यटकीय क्षेत्रका रूपमा विकास हुँदै 

८ पुस, काठमाडौं । 
स्याङ्जाको राम्चेडाँडा पर्यटकीय क्षेत्रको रुपमा विकास हुँदै गएको छ।

स्याङ्जाको वालिङ नगरपालिका–१२ स्थित राम्चेडाँडा पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइमा पर्दै गएको हो।

राम्चेडाँडा पहाडको टाकुरोमा अवस्थित समथर र केही भिरालो खुला चौर रहेको यो स्थानबाट स्याङ्जा, पर्वत, गुल्मी, पाल्पा, कास्की जिल्लाका केही स्थान सम्म देखिने भएकाले पर्यटकको रोजाइमा पर्न थालेको छ।

डाँडा बाट उत्तरतिर हिउँले ढाकिएका माछापुच्छ्रे, अन्नपूर्ण, नीलगिरि, धवलागिरि लगायत मनमोहक हिमशृङ्खलाहरूको दृश्यावलोकन गर्न पाइने भएकाले पनि राम्चेडाँडा आन्तरिक पर्यटकको रोजाइमा पर्दै गएको हो।

रमणीय ठाउँ रहेकाले यस ठाउँलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्नेगरी पूर्वाधार निर्माण गर्ने काम भइरहेको वालिङ–१२ वडाध्यक्ष विश्वजङ्ग गुरुङले जानकारी दिएका छन्।

विभिन्न समयमा वडा, नगर, प्रदेश तथा सङ्घबाट यस ठाउँमा पर्यटन पूर्वाधार निर्माणका लागि बजेट विनियोजन भइ काम भइरहेको जनाएको छ।

‘गाउँका मानिसहरू सहरकेन्द्रित बसाइँ सर्ने दर दिनप्रतिदिन बढ्दै गएकाले गाउँका मानिसलाई गाउँमै राख्न र आम्दानीसँग जोड्ने उद्देश्यसहित राम्चेडाँडालाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्दै लगेका वडाध्यक्षले बताएका छन्।

बाह्य पर्यटकलाई आकर्षित गर्नका लागि वडा, नगर, प्रदेश, सङ्घ तथा स्थानीयको सहयोग तथा जनश्रमदान बाट भवन, प्रतीक्षालय, चौतारी, ससाना बालबालिका देखि सबैलाई हुने खालका पिङ, शौचालय निर्माण गरिएको बताएका छन्।

राम्चेडाँडा पर्यटकीय दृष्टिले प्रचुर सम्भावना बोकेको स्थान भए पनि प्रचारप्रसार अभावमा ओझेलमा परेको जनाएका छन्।अहिले वनभोज खानका लागि विशेषगरी बिदाका दिनमा विद्यालय, सङ्घसंस्था, समूह तथा क्लबहरू आउने गरेको बताएका छन्। 

वनभोज खानका लागि आउनेहरूको सहजतालाई मध्यनजर गरी डाडाँमा खानेपानीका धारा, बिजुली बत्ती, पकाउने देखि लिएर खानेसम्मका सबै भाँडाकुँडा, ग्यास, दाउराको व्यवस्था स्थानीय भाउजु समूहले गरिदिने सृजना भाउजु समूहकी अध्यक्ष भागिमा गुरुङले बताएको छन्।

राम्चेडाँडामा कच्ची सडक पुगेकाले जीप तथा मोटरसाइकल मार्फत पुग्न सकिने स्थानियले बताएका छन्। 
 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु