बिहीबार २६ मंसिर, २०८२ (Thursday December 11, 2025)

राष्ट्रपति भण्डारी द्धारा नागरिकता विधेयक फिर्ता

आईतवार २९ श्रावण, २०७९ Nepalexplores 1360


राष्ट्रपति भण्डारी द्धारा नागरिकता विधेयक फिर्ता

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक फिर्ता गरेकी छन् । सो विधेयकमा संघीय संसदले पुनर्विचार गर्न आवश्यक रहेको भन्दै राष्ट्रपति भण्डारीले प्रतिनिधिसभामा फिर्ता गरेको राष्ट्रपति कार्यालयले आइतबार प्रेस विज्ञप्ति मार्फत जनाएको हो ।

सभामुख अग्निप्रसाद सापकोटाले प्रमाणीकरण गरेर पठाएको विद्येयक राष्ट्रपतिले नेपालको संविधानको धारा ११३ को (३) अनुसार पुनः प्रतिनिधिसभामै फिर्ता गरेको राष्ट्रपति कार्यालयले जनाएको छ । उक्त विद्येयक प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पारित गरेर सभामुख सापकोटाले प्रमाणीकरण गरी राष्ट्रपति समक्ष पठाएको थियो ।

 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु