बुधबार २ बैशाख, २०८३ (Wednesday April 15, 2026)

राष्ट्रपति रामचन्द्र पौडेल र जर्मनीका समकक्षी विच भेटवार्त 

सोमबार ४ असार, २०८१ nepalexplores 1444


राष्ट्रपति रामचन्द्र पौडेल र जर्मनीका समकक्षी विच भेटवार्त 

३ असार, काठमाडौँ । 
स्वीट्जरल्याण्डको भ्रमण सकेर शनिबार राति राष्ट्रपति पौडेल जर्मनीको राजधानी बर्लिन पुगेका छन्।

स्वीट्जरल्याण्डको भ्रमण सकेर जर्मनीका राष्ट्रपतिको मैत्रीपूर्ण निमन्त्रणामा जर्मनीको राजधानी बर्लिन पुगेका छन्। राष्ट्रपति पौडेल र उनका समकक्षी सङ्घीय गणतन्त्र जर्मनीका राष्ट्रपति डा फरयाङक वाल्टर स्टाइनमेयरबिच आज औपचारिक भेटवार्ता हुनेछ।

राष्ट्रपति पौडेल र त्यहाँका राष्ट्रपति स्टीनमेयरबीच आजै साँझ प्रतिनिधिमण्डलस्तरीय औपचारिक भेटवार्ता हुनेछ। दुवै देशले एकअर्काको राजधानीमा आवासीय दूतावास स्थापना गरेका छन् तर, सन् १९८६ यता राष्ट्रप्रमुखको तहमा नेपालबाट जर्मनीमा भएको यो पहिलो औपचारिक भ्रमण हो।

विभिन्न तहमा भएका भ्रमण आदानप्रदानले दुई देशबिचको घनिष्ठ र सौहार्दपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउन योगदान पु¥याएको मन्त्रालयले जनाएको छ। परराष्ट्र मन्त्रालयका अनुसार नेपालले ५ जुलाई १९६५ मा बर्लिनमा आफ्नो दूतावास स्थापना गरेको थियो। जर्मनीले  काठमाडौँमा सन् १९६३ मा आफ्नो दूतावास स्थापना गरेको हो। 

सन् २०१८ मा दुई देशबिच कूटनीतिक सम्बन्ध स्थापना भएको ६०औँ वार्षिकोत्सव मनाउन जर्मनी र नेपालमा विभिन्न कार्यक्रम आयोजना गरिएको थियो। अन्तर्राष्ट्रिय श्रम सम्मेलनको ११२औँ अधिवेशनमा भाग लिन गत जेठ ३० वीट्जरल्याण्डको जेनेभा पुगेका राष्ट्रपति पौडेलले यही असार १ गतेदेखि जर्मनीको औपचारिक भ्रमणमा छन्। 

 


 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु