शुक्रबार ४ बैशाख, २०८३ (Friday April 17, 2026)

सत्ता गठबन्धन कार्यदलको बैठक बस्दै

सोमबार ३० श्रावण, २०७९ Nepalexplores 1110


सत्ता गठबन्धन कार्यदलको बैठक बस्दै

काठमाडौं । सत्ता गठबन्धनको निर्वाचन सिट बाँडफाँड सम्बन्धी कार्यदलको बैठक आज बस्दै छ । बैठक दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेछ । 


बिहीबारको बैठकमा कार्यदल सदस्यहरूबीच ०७४ सालको निर्वाचनमा प्रत्यक्ष र समानुपातिकतर्फ प्राप्त मत, ०७९ को स्थानीय तह निर्वाचनमा प्राप्त मत र दलहरूको राजनीतिक संवेदनशीलताका आधारमा सिट बाँडफाँडको सैद्धान्तिक समझदारी बनेको थियो ।


गठबन्धनका दलहरूबीच आन्तरिक छलफलपछि आजको बैठकमा आ–आफ्ना अडान प्रस्तुत गर्ने तयारी छ । यसैबीच, आइतबार गठबन्धनका शीर्ष नेताको बैठकले कार्यदललाई छिटो प्रतिवेदन तयार गर्न निर्देशन दिएको थियो । 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु