शुक्रबार ४ बैशाख, २०८३ (Friday April 17, 2026)

माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै

सोमबार ३० श्रावण, २०७९ Nepalexplores 1140


माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने भएको छ ।

बैठकमा डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) सँगको सहकार्य, आसन्न निर्वाचनको रणनीति लगायतका विषयमा छलफल हुने एक नेताले जानकारी दिए ।


डा. भट्टराईले आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा माओवादी केन्द्रको चुनाव चिह्न लिएर प्रतिस्पर्धा गर्न माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग सहमति जनाएका छन् । सो मौखिक सहमतिलाई लिखित रुपमा औपचारिकता दिने तयारी समेत भइरहेको छ । आज साँझसम्म लिखित सहमति गर्ने तयारीका साथ गृहकार्य भइरहेको नेसपाका एक नेताले बताएका छन ।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु