मंगलवार ९ असार, २०८३ (Tuesday June 23, 2026)

अपर तामाकोशीको साधारणसभा आज,  हकप्रद निष्काशन सहितका १० प्रस्ताव

शुक्रबार ३ भाद्र, २०७९ Nepalexplores 1395


अपर तामाकोशीको साधारणसभा आज,  हकप्रद निष्काशन सहितका १० प्रस्ताव

काठमाण्डौ । अपर तामाकोशी हाईड्रोपावर लिमिटेडले आज भदौ ३ गते साधारणसभा गर्दै छ। कम्पनीले शुक्रबार बिहान ११ बजे नेपाल प्रज्ञा प्रतिष्ठानमा  सभा आह्वान गरेको हो । 

सभामा हकप्रद निष्काशन गर्ने सहितका विविध प्रस्ताव ृपेश हुने छन् । कम्पनीको संचालक समितिको असार ३० गते बसेको बैठकले हाल कायम चुक्ता पुँजीको १ः१ को अनुपातमा शतप्रतिशत हकप्रद निष्काशन गर्ने निर्णय गरेको थियो ।

 कम्पनीले साधारणसभा प्रयोजनको लागि साउन १८ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । साउन १७ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन सक्ने छन् ।  कम्पनीले लाभांश प्रस्ताव गरेको छैन ।

यस्ता छन् सभामा पेश हुने प्रस्तावः

सामान्य प्रस्ताव:

१. सञ्चालक समितिको तर्फबाट अध्यक्षज्यूबाट प्रस्तुत हुने कम्पनीको आर्थिक वर्ष २०७७ः७८ को वार्षिक प्रतिवेदन पारित गर्ने ।

२. लेखापरीक्षणको प्रतिवेदन सहितको २०७८ आषाढ मसान्तको वासलात तथा सोही मितिमा समाप्त भएको आर्थिक वर्ष २०७७ः७८ को नाफा नोक्सान
हिसाव र नगद प्रवाह सहितको आर्थिक विवरणमाथि छलफल गरी पारित गर्ने ।

३. लेखापरीक्षण ऐन, २०७५ को दफा ११ बमोजिम श्री महालेखा परीक्षकको कार्यालयको परामर्श तथा कम्पनी ऐन, २०६३ को दफा १६५ (घ)को प्रावधान
अनुरुप लेखापरीक्षण समितिको सिफारिस बमोजिम आ।व। २०७८ः७९ को लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव
पारित गर्ने ।

४. कम्पनीको प्रबन्धपत्र तथा नियमावली अनुसार समूह(ख) अन्तर्गत सर्वसाधारण शेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने एक जना
महिला सहित ४ जना सञ्चालकहरूको निर्वाचनरमनोनयन वा नियुक्त गर्ने ।

५. विविध ।

विशेष प्रस्ताव

१. कम्पनीको पूँजि बृद्धिको लागि प्रबन्धपत्रमा संशोधन गर्ने र विद्यमान चुक्ता पूँजिको आधारमा ११ को अनुपातमा हकप्रद शेयर जारी गरी पूँजि संकलन गर्ने
सम्बन्धमा।

२. प्रबन्धपत्रमा प्रस्तावित संशोधनहरूमा नियमन निकायहरूको निर्देशनमा परिमार्जन, हेरफेर तथा थपघट गर्न आवश्यक हुने भएमा सो अनुसार गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने सम्बन्धमा ।

३. आयोजना प्रभावित दोलखा जिल्ला स्थित विभिन्न सामाजिक संस्थाहरु लगायत अन्य संस्थाहरुलाई सञ्चालक समितिको विभिन्न मितिको निर्णयानुसार
आ।व।२०७७र७८ मा उपलब्ध गराइएको आर्थिक सहयोग रकम अनुमोदन गर्ने सम्बन्धमा ।

४. सञ्चालक समितिको बैठक भत्ता सम्बन्धमा ।

५. विविध ।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु