बुधबार १७ भाद्र, २०८३ (Wednesday September 02, 2026)

सत्ता गठबन्धन सिट बाँडफाँट कार्यदलको बैठक आज पनि बस्दै

बिहीबार १६ भाद्र, २०७९ Nepalexplores 1501


सत्ता गठबन्धन सिट बाँडफाँट कार्यदलको बैठक आज पनि बस्दै

काठमाडौं । सत्ता गठबन्धनको सिट बाँडफाँट कार्यदलको बैठक आज पनि बस्दैछ । आगमी ४ मंसिरमा हुन गइरहेको प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि सिट बाँडफाँटका लागि जारी प्रयासलाई टुंगोमा पुर्याउनका लागि कार्यदलको बैठक आज पनि बस्न लागेको हो । 


प्रतिनिधिसभाका १ सय ६५ तथा प्रदेशसभाका ३ सय ३० सिटका लागि सत्तारुढ दलबीच सिट बाँडफाँटका लागि प्रयास भइरहेको भए पनि तीन साता नाघिसक्दा पनि टुगोमा पुग्न सकेको छैन । हिजो साँझ बसेको गठबन्धन बैठकमा पनि सबै दल आ आफ्नो अडानमा रहेपछि सहमति जुट्न सकेको थिएन । 


नेपाली कांग्रेसले १ सय, नेकपा माओवादी केन्द्रले ६०, नेकपा (एकीकृत समाजवादी) ले ४०, जसपाले २०, राष्टिय जनमोर्चाले २ सिटमा दाबी गरे पछि कार्यदल निष्कर्षमा पुग्न सकेको छैन । 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु