बुधबार ३० माघ, २०८१ (Wednesday February 12, 2025)

बढ्यो पेट्रोलियम पदार्थको मूल्य

शुक्रबार १७ भाद्र, २०७९ फिल्म ~ शाला टिभी 1253


बढ्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौँ । नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य बढाएको छ। बिहीबार राति १२ बजेबाट लागू हुने गरी निगमले डिजेल र मट्टीतेल लिटरमा ६ रूपैयाँ बढाएको हो। निगमद्वारा जारी विज्ञप्तिअनुसार नयाँ मूल्यसँगै अब काठमाडौं उपत्यकामा डिजेल र मट्टीतेल १७८ रूपैयाँ लिटर पर्नेछ।


निगमले पेट्रोल, खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य भने यथावत् राखेको छ। हाल पेट्रोल लिटरको १८१ रूपैयाँ र एलपी ग्यास एक हजार ८ सय रूपैयाँ छ। हवाई इन्धन (आन्तरिक) को प्रतिलिटर १९० रूपैयाँ छ।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु