बुधबार ७ आश्विन, २०८३ (Wednesday September 23, 2026)

३४ वर्षपछि फरार रहेका अभियुक्त पक्राउ

सोमबार २० भाद्र, २०७९ Nepalexplores 1464


३४ वर्षपछि फरार रहेका अभियुक्त पक्राउ

काठमाडौँ । सिन्धुपाल्चोकमा ३४ वर्षपछि फरार अपराधी पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको साविक दुवाचौर गा.वि.स. वडा नं.६ हाल मेलम्ची न.पा. वडा नं.-७ बस्ने वर्ष ६६ को खम्बे भन्ने जित बहादुर
तामाङ रहेका छन् । सिन्धुपाल्चोक जिल्ला अदालतको मिति २०४५/१२/२९ गतेको फैसलाले मानव बेचविखन तथा ओसारपसार मुद्दामा उनलाई नौ वर्ष दुई महिना आठ दिन कैद सजाय सुनाएको थियो।

तामाङलाई फरार रहेको ३४ वर्ष पछि यस कार्यालयबाट खटिएको प्रहरी टोलीले आइतबार बिहान ११ बजेतिर मेलम्ची नगरपालिका-७ स्थितबाट पक्राउ गरेको हो। पक्राउ परेका तामाङलाई सम्मानित सिन्धुपाल्चोक जिल्ला अदालतमा दाखिला गरिएकोमा सम्मानित अदालतले निजलाई लागेको कैद सजाय असुलका लागि आजै जिल्ला कारागार चौतारा चलान गरेको जिल्ला प्रहरी कार्यालय, सिन्धुपाल्चोकका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक शिव बुढाथोकीले जानकारी दिए।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु