बुधबार २ बैशाख, २०८३ (Wednesday April 15, 2026)

अनुयायीहरुको हत्या, बलात्कार र बेपत्ता गरेको आरोप लागेका रामबहादुर बम्जन पक्राउ

मंगलवार २४ पुष, २०८० Nepalexplores 1478


अनुयायीहरुको हत्या, बलात्कार र बेपत्ता गरेको आरोप लागेका रामबहादुर बम्जन पक्राउ

२४ पुस, काठमाडौं । 
तपश्वीको भेषमा अनुयायीको हत्या गरेको, बेपत्ता बनाएको र बलात्कार गरेको आरोप लागेका रामबहादुर बम्जन पक्राउ परेका छन् । उनलाई केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीको टोलीले काठमाडौंबाट पक्राउ गरेको हो ।

 

सीआईबीले लामो समयदेखि बम्जनको खोजी गरिरहेको थियो । पुस २०७६ मा सिन्धुपाल्चोकको इन्द्रवती–६ बाँडेगाउँ र असार २०७७ मा कमलामाई नगरपालिका ९ पैरेको आश्रममा छापा हानेको थियो । बम्जनमाथि सर्लाही, नुवोकाट, मकवानपुरका केही मानिसलाई वेपत्ता पारेको आरोप छ । आश्रममा बलात्कार गरेको उजुरी छ ।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु