शुक्रबार २९ श्रावण, २०८३ (Friday August 14, 2026)

ली स्वदेश फर्किए, सभामुख सापकोटाले गरे विदाइ

बिहीबार ३० भाद्र, २०७९ Nepalexplores 1606


ली स्वदेश फर्किए, सभामुख सापकोटाले गरे विदाइ

काठमाडौं । नेपालको चार दिने औपचारिक भ्रमण सकेर चीनका राष्ट्रिय जनकंग्रेस स्थायी समितिका अध्यक्ष ली चान्सु् स्वदेश फर्किएका छन् । सभामुख अग्निप्रसाद सापकोटाको मैत्रीपूर्ण निमन्त्रणामा नेपाल आएका चान्सु् बिहीबार बिहान स्वदेश फर्किएका हुन् । उनलाई  सभामुख सापकोटाले बिहीबार विहान ८ः५० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गरेका थिए । 

चान्सु् यही भदौ २७ गते अपरान्ह नेपाल भ्रमणमा आएका थिए । उनलाई सभामुख सापकोटाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए ।


सोही दिन सभामुख सापकोटा र अध्यक्ष चान्सु्बीच संघीय संसद भवनको तिलिचो हलमा शिष्टाचार भेट वार्ता भएको थियो । त्यस पछि संसद भवनको लोत्से हलमा सभामुख सापकोटा र चान्सु्ले आ–आफ्नो प्रतिनिधिमण्डलको नेतृत्व गर्दै औपचारिक वार्ता गरेका थिए। वार्ता पछि नेपालको संघीय संसदको प्रतिनिधि सभा तथा जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकङ्ग्रेस (नेसनल पिपुल्स कंग्रेस)  बीच अन्तरसंसदीय सहयोग सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको थियो ।


समझदारी पत्रमा सभामुख सापकोटा र अध्यक्ष  चान्सु्ले हस्ताक्षर गरेका थिए । भ्रमणको पहिलो दिन  सभामुखले  चान्सु् र भ्रमणमा रहेका प्रतिनिधिमण्डलको सम्मानमा होटल सोल्टीमा ‘स्टेट डिनर’को आयोजना गरेका थिए । चान्सु्ले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना र परराष्ट्रमन्त्री नारायण खड्कासँग भेटवार्ता गरेका थिए । 

यस्तै उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग उनले भेटवार्ता गरेका थिए । चान्सु्को टोलीले भक्तपुरको पनि भ्रमण गरेको थियो ।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु