मंगलवार २९ माघ, २०८१ (Tuesday February 11, 2025)

सानिमा बैंकको दशैँ अफरः यस्तो छ विशेष छुट योजना

शुक्रबार १४ आश्विन, २०७९ Nepalexplores 1258


सानिमा बैंकको दशैँ अफरः यस्तो छ विशेष छुट योजना

काठमाडौं । सानिमा बैंक लिमिटेडले दशैं र तिहार पर्वलाई लक्षित गरी ग्राहकका लागि विशेष छुट योजना ल्याएको छ । यस योजना अन्तगर्त सानिमा मोबाइल बैंकिङ सेवा प्रयोग गरी क्यूआरमार्फत भुक्तानी गर्ने ग्राहकलाई १० प्रतिशत (अधिकतम १०० रुपैयाँसम्म) को छुट पाउने बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

बैंकका अनुसार यो योजना १६ देखि २२ असोजसम्म र ७ देखि १२ कात्तिकसम्म फोनपे मर्चेन्टहरुमा मात्र लागू हुनेछ । यस योजनाले डिजिटल भुक्तानीलाई प्रोत्साहन गरी दीर्घकालीन रूपमा नगदको प्रयोग घट्ने बैंकको विश्वास छ ।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु