शुक्रबार २ आश्विन, २०८३ (Friday September 18, 2026)

एकीकृत समाजवादीले भुसाललाई पठायो  ‘स्वागत पत्र’

बिहीबार २८ पुष, २०७९ nepalexplores 1434


एकीकृत समाजवादीले भुसाललाई पठायो  ‘स्वागत पत्र’

काठमाडौँ । नेकपा एकीकृत समाजवादीले घनश्याम भुसाललाई महत्त्वपूर्ण र सम्मानजन जिम्मेवारी दिने जनाउँदै पार्टी प्रवेश गर्नका लागी  ‘स्वागत पत्र’ पठाएको छ।

नेकपा एमाले त्यागेका नेता भुसाललाई पार्टीमा भित्र्याउनका लागि बुधबार साँझ स्वागत पत्र पठाएको एकीकृत समाजवादी सचिवालयले जनाएको छ।


सचिवालयका अनुसार यसअघि भुसालले पाठाएको पत्रमा उल्लेख सवालहरूलाई सम्बोधन गर्दै अध्यक्ष माधवकुमार नेपालको निर्देशनमा उक्त  ‘स्वागत पत्र’ पठाइएको हो।

महासचिव दाबी गरिरहेका भुसाललाई कुनै जिम्मेवारी हालम्म नछुट्याइएको भएपनि उनको इतिहासको उच्चतम मूल्यांकन गर्दै पार्टीमा सम्मानजन र महत्वपूर्ण जिम्मेवारी दिन समाजवादी सकारात्मक रहेको बताईएको छ ।


प्रतिनिधि सभामा पार्टीले टिकट नदिएपछि भुसालले एमाले त्याग गर्दै रूपन्देही १ बाट स्वतन्त्र उम्मेदवारी दिएका थिए।
 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु