बिहीबार १७ बैशाख, २०८३ (Thursday April 30, 2026)

श्रीपशुपति हिन्दू विश्वविद्यालय स्थापना गर्छौः कन्त्री किराँती

बिहीबार २ चैत्र, २०७९ nepalexplores 1358


श्रीपशुपति हिन्दू विश्वविद्यालय स्थापना गर्छौः कन्त्री किराँती

काठमाडौं । सरकारले हिन्दू धर्मको बृहत्तर खोज तथा अनुसन्धान गर्ने उद्देश्यले ‘श्रीपशुपति हिन्दू विश्वविद्यालय’ स्थापना गर्ने भएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय (मन्त्रीस्तरको निर्णय) ले हिन्दू धर्मको खोज तथा अनुसन्धान गर्ने उद्देश्यले विश्वविद्यालय स्थापना गर्न लागेको हो ।


पर्यटनमन्त्री सुदन किराँतीले सो विश्वविद्यालयका माध्यमबाट हिन्दू धर्मसम्बन्धी विश्वभर विज्ञहरू उत्पादन गर्ने र सांस्कृतिक कूटनीतिक विकास गर्ने उद्देश्यले विश्वविद्यालयको अवधारणा अघि बढाइएको बताए ।

 

मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले आधुनिक नेपालको सभ्यताको सुरुआत नेपालबाटै भएकाले यहाँको सभ्यता, सम्पदा, संस्कृति र दर्शनलाई पाशुपत दर्शनभित्र समेटिएको बताए ।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु