बिहीबार १७ बैशाख, २०८३ (Thursday April 30, 2026)

विश्वविद्यालय अनुदान आयोगको अध्यक्षमा अधिकारी नियुक्त

बुधबार ४ माघ, २०७९ nepalexplores 1207


विश्वविद्यालय अनुदान आयोगको अध्यक्षमा अधिकारी नियुक्त

काठमाडौं । सरकारले विश्वविद्यालय अनुदान आयोगको अध्यक्षमा डा.देवराज अधिकारीलाई नियुक्त गरेको छ । बुधबार सिंहदरवारमा बसेको मन्त्रिपरिषदको बैठकले अधिकारीलाई नियुक्त गरेको हो । त्यस्तै सरकारले भौतिक योजना तथा यातायात मन्त्रालयका सचिव उर्जामा र उर्जाका सचिव भौतिक मन्त्रालयमा सरुवा गरेको छ । बैठकले विभुषण सम्बन्धि अध्ययन समिति समेत गठन गरेको छ । 


प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलबार मन्त्रिपरिषद विस्तार गरेपछि बसेको पहिलो बैठकमा क्रसर उद्योग सञ्चालनका सम्बन्धमा समेत छलफल गरे पनि निर्णय नभएको बताइएको छ ।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु