शुक्रबार ३० आश्विन, २०८३ (Friday October 16, 2026)

नेपाली महिला क्रिकेट टिमको ब्याटिङ प्रशिक्षकमा भारतकी देविका नियुक्त

आईतवार २१ श्रावण, २०८० Nepalexplores 1574



काठमाडौं, २१ साउन 
नेपालले पहिलो पटक नेपाली महिला क्रिकेट टिमका लागि महिला प्रशिक्षक ल्याएको हो । यसअघि कुनै पनि भूमिकामा विदेशी प्रशिक्षकले नेपाली महिला क्रिकेट टोली हेरेका थिएनन् । भारतीय पूर्व क्रिकेटर देविका पाल्शिकर नेपाली महिला क्रिकेट टिमको ब्याटिङ प्रशिक्षकमा नियुक्त भएकी छन् ।


देविकाले भारत बाट एक महिला टेस्ट र १५ महिला ओडिआई खेल खेलेकी छन् । गत वर्ष भारतीय क्रिकेट बोर्ड (बीसीसीआई)ले आयोजना गरेको वुमन्स प्रिमियर लिग (डब्लूपीएल)मा मुम्बई इन्डियन्सको महिला टोलीको ब्याटिङ प्रशिक्षकको रुपमा समेत काम गरेकी थिइन् ।


अगष्ट २८देखि मलेसियामा हुने आईसीसी वुमन्स विश्वकप टी–२० एसिया क्षेत्र छनोटका लागि नेपाली महिला टिमको ब्याटिङ कन्सल्टेन्टका रुपमा आवद्ध भएकी उनी काठमाडौं आएकी छन् । 


 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु