शनिबार ६ बैशाख, २०८२ (Saturday April 19, 2025)

४० हजार विद्यार्थीकी नेपाली प्रतिनिधि

शुक्रबार ८ भाद्र, २०८० nepalexplores 1222


४० हजार विद्यार्थीकी नेपाली प्रतिनिधि

८ भदौ, काठमाडौं । 
पछिल्लो समयमा नेपाली विद्यार्थीका लागि सपनाको केन्द्र नै बनेको छ अस्ट्रेलिया । ठूलो सपना लिएर उच्चशिक्षाका लागि अस्ट्रेलिया पस्नु सामान्य नै हो । तर उक्त सपना समयमै साकार पार्नु भने उत्तिकै चुनौतीपूर्ण छ ।

त्यसमा पनि अन्तर्राष्ट्रिय विद्यार्थी बनेर आएको एक वर्ष नपुग्दै विश्वकै उत्कृष्टमध्येको विश्वविद्यालयको बोर्डमा हजारौं विद्यार्थीलाई प्रतिनिधित्व गर्नु त झनै चुनौतीपूर्ण छ । तर त्यसैको उदाहरण बनेकी छन्, २६ वर्षीया मनस्वी पौडेल ।

अस्ट्रेलिया आएको एक वर्षमै म्याकवारी विश्वविद्यालयको बोर्ड अफ डाइरेक्टरमा निर्वाचित भइन् । अस्ट्रेलियाको कुनै पनि विश्वविद्यालयको बोर्ड सदस्य हुने उनी सम्भवतः पहिलो नेपाली हुन् ।

एक वर्षमात्र भयो मनस्वी अस्ट्रेलिया आइपुगेको । उनी यहाँ आएको करिब ८ महिनामै आफू अध्ययनरत विश्वविद्यालयको बोर्ड अफ डाइरेक्टरमा निर्वाचित मात्र भइनन् कि उक्त पदमा चयन हुने पहिलो नेपाली विद्यार्थीसमेत बनिन् । 

उनी पनि अन्य विद्यार्थीसरह नै उच्चशिक्षा र उज्ज्वल भविष्यको खोजीमा अस्ट्रेलिया छिरेकी हुन् । सामान्य विद्यार्थीको तुलनामा सपना फरक भए पनि उनी अस्ट्रेलियाको उत्कृष्टमध्येको विश्वविद्यालय म्याकवारी युनिभर्सिटीमा बिजनेस एनालिटिक्समा स्नातकोत्तर गर्न आएकी हुन् । 

अन्तर्राष्ट्रिय विद्यार्थीले सुरुवाती दिनमा झेल्ने कठिनाइबाट उनी पनि अछुतो रहिनन् । तर उनले ती कठिनाइलाई सिकाइका रूपमा परिवर्तन मात्र गरिन् र आफ्नो उद्देश्य कसरी साकार बनाउनेतर्फ केन्द्रित भइन् । त्यसैले पनि हुन सक्छ, झन्डै ४० हजार विद्यार्थी अध्ययनरत अस्ट्रेलियाको एक उत्कृष्ट शिक्षण संस्थाको बोर्डमा प्रतिनिधित्व गर्न सफल भइन् ।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु