शुक्रबार ३० आश्विन, २०८३ (Friday October 16, 2026)

करिब २ अर्ब अनुदान फिनल्यान्डले नेपाललाई दिने

मंगलवार ८ जेष्ठ, २०८१ nepalexplores 1505


करिब २ अर्ब अनुदान फिनल्यान्डले नेपाललाई दिने

८ जेठ, काठमाडौं ।
अर्थ मन्त्रालयमा मंगलबार आयोजित कार्यक्रममा फिनल्यान्डले नेपालको स्थानीय जलवायु अनुकूलन कार्यक्रमका लागि अनुदान सहायता उपलब्ध गराउने भएको छ। भने आर्थिक सहायतासम्बन्धी सम्झौतामा पनि हस्ताक्षर भएको छ।

गत ३ जेठमा बसेको मन्त्रिपरिषद् बैठकले उक्त सहयोग रकम स्वीकार गर्ने निर्णय गरेको थियो। सम्झौतामा नेपालका तर्फबाट अर्थ मन्त्रालयका सहसचिव एवम् अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख श्रीकृष्ण नेपाल तथा नेपालका लागि फिनिस राजदूत रिना–रिक्का हेक्काले हस्ताक्षर गरेका छन्।

सम्झौता अनुसार फिनल्यान्डले नेपाललाई १३ मिलियन युरो अर्थात १ अर्ब ८७ कोड (१.८७८ अर्ब) अनुदान दिने छ । युरोपेली संघ (ईयू) को १८ मिलियन र फिनल्यान्डको १३ मिलियन अनुदान तथा नेपाल सरकारको २० मिलियन गरी ५१ अर्ब युरो रकमबाट कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानीय तहमातर्फत जलवायु अनुकूलन कार्यक्रम सञ्चालन गरिनेछन्।

नेपाल र फिनल्यान्ड तथा पुरोपेली संघबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५० वर्ष पुगेको अवसरमा उक्त सम्झौता भएको जानकारी दिइयो। 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु