बिहीबार १७ बैशाख, २०८३ (Thursday April 30, 2026)

सर्वदलीय बैठक बस्दै, संसद खुलाउने विषयमा छलफल हुने 

सोमबार ४ भाद्र, २०८० nepalexplores 1288


सर्वदलीय बैठक बस्दै, संसद खुलाउने विषयमा छलफल हुने 

४ भदौ, काठमाडौं । 

संसद् गतिरोधको गाँठो फुकाउन आज पनि सर्वदलीय बैठक बस्दैछ । ४ बजेका लागि बैठक बोलाइए पनि सुर्खेतमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई फर्किन ढिलाइ भएकाले बैठक ७ बजे बस्न लागेको हो । 

‘४ बजे नै बस्ने तयारी थियो । तर प्रधानमन्त्री आइपुग्न समय लागेकोले ७ बजेलाई सारिएको छ’ प्रधानमन्त्रीका प्रेस विज्ञ मनहरि तिमल्सिनाले भने, ‘प्रधानमन्त्रीको नेपालगञ्जबाट  ६ बजेर १० मिनेटमा उड्ने फ्लाइट छ ।

उहाँ आएपछि सर्वदलीय बैठक बस्छ ।’


सोमबार साँझ बस्ने बैठकमा प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओली पनि सहभागी हुने भएका छन् । एमालेले एक महिनादेखि अवरुद्ध गर्दै आएको बैठक खुलाउन संसदमा प्रतिनिधित्व गर्ने दलबीच आइतवार सकारात्मक कुराकानी भएको जानकारी राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख चेतक सन्तोष परियारले दिए ।
 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु