बिहीबार १७ बैशाख, २०८३ (Thursday April 30, 2026)

कम्युनिष्ट पार्टीहरूलाई जुटाएर देखाउँछौँः महासचिव विप्लव

सोमबार ११ भाद्र, २०८० nepalexplores 1182


कम्युनिष्ट पार्टीहरूलाई जुटाएर देखाउँछौँः  महासचिव विप्लव


११ भदौ, काठमाडौं । 

नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले माओवादी विभाजन हुँदा खुसी हुनेहरूलाई कसरी जुट्दैछौं भन्ने देखाउने जिकिर गरेका छन् । एमसीसी कार्यान्वयविरूद्ध सोमबार पार्टीले गरेको अन्तरक्रिया कार्यक्रममा उनले सबै कम्युनिस्टहरू एक ठाउँमा आउने जिकिर गरेका हुन् । 

‘फुटेका भनेका पनि यहाँ जुटेका छन् । बाहिर खुसी भएर रमाएका थिए, बल्ल खायौ भनेर । अब हेर हामी कसरी जुट्दैछौं’, उनले भने ।  कार्यक्रममा पूर्वमाओवादी लडाकु, नेपाली सेनाका पूर्व जनरल, झापा विद्रोहका योद्धाहरूदेखि सशस्त्र विद्रोह गरेका माओवादीसम्म एक ठाउँमा उभिएकोमा उनले खुसी व्यक्त गरे । 

देशमाथि इतिहासकै ठुलो साम्राज्यवादी हमला हुन लागेको भन्दै उनले राष्ट्रियताको रक्षाका लागि सबै प्रगतिशील पार्टीहरू एक ठाउँमा आउन जरुरी रहको बताए । एमसीसी २१ औँ शताब्दीको साम्राज्यवादी उपनिवेश भएको जिकिर गर्दै उनले खारेजीको लागि सडक सङ्घर्ष गर्नुपर्ने धारणा राखे ।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु