शुक्रबार ३० आश्विन, २०८३ (Friday October 16, 2026)

दुई वर्षभित्र ‘वाम नेकपा’ सम्भव छः महासचिव भुसाल

आईतवार १४ माघ, २०८० nepalexplores 1384


दुई वर्षभित्र ‘वाम नेकपा’ सम्भव छः महासचिव भुसाल

१४ माघ, काठमाडौं ।
नेकपा (एकीकृत समाजवादी)का महासचिव घनश्याम भुसालले छरिएर रहेका कम्युनिष्ट र समाजवादी पार्टीहरुको एकता आवश्यक भएको बताएका छन् । 
 
सबै समाजवादी र वामपन्थी पार्टीलाई एकताबद्ध गर्ने प्रयास भइरहेको पनि बताए । । समाजवादमा विश्वास राख्ने र बामपन्थी दलहरुलाई एकता गराई नेकपा समाजवादी बनाउन सकिने उनले बताएका छन ।  त्यसका लागि नेकपा एसले बलियो संकल्पका साथ अघि बढे दुई वर्षभित्रमा देशले ‘बाम नेकपा’ पाउने बताए । 
 
आइतबार नेकपा एसको केन्द्रीय परिषद्को दोस्रो बैठकमा बोल्दै महासचिव भुसालले नेकपा एसको सिद्धान्त, नीति र विचारमा स्पष्ट रहेको साथै सच्चा कम्युनिष्ट भएको उल्लेख मात्र गरेनन् छरिएर रहेका कम्युनिष्ट र समाजवादी पार्टीको एकता हुनुपर्नेमा जोड दिएका हुन् । 
 
उनले भने, ‘आगामी दिनमा हामी सिद्धान्त र निष्ठापूर्वक एक ठाउँमा उभिन्छौ र अगाडि बढ्छौं । सिद्धान्त, राजनीति र परिचालनको लपेटमा देशका अरु समाजवादी वामपन्थीहरुलाई हामी एक ठाउँमा ल्याउँछौ । डेड–दुई वर्षमा मुलुकलाई एउटा बाम नेकपा दिन्छौं भन्ने संकल्पका साथ अघि बढ्यौं भने निशन्देह हामीले त्यो पूरा गर्न सक्छौं ।’
 
भुसालले पार्टीको विधान देश र जनता भन्दा माथि हुनुपर्नेमा जोड दिए । साथै उनले पार्टीलाई एकताबद्ध गर्नलाई आन्तरिक जनवाद आवश्यक हुने र त्यसका लागि समय सापेक्ष प्रविधिको प्रयोग गर्दै आन्तरिक जनवादलाई वृद्धि गरी लोकतान्त्रिक हुनुपर्ने उल्लेख गरे । 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु