शुक्रबार ३० आश्विन, २०८३ (Friday October 16, 2026)

दुई प्रदेशमा अति वर्षाको सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह

बुधबार १६ आश्विन, २०८१ nepalexplores 1431


दुई प्रदेशमा अति वर्षाको सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह

१६ असोज, काठमाडौँ । 
बागमती र कोशी प्रदेशमा अति वर्षाको सम्भावना सतर्कता अपनाउन मौसम विभागले आग्रह गरेको छ। 

जल तथा मौसम विज्ञान विभागका अनुसार भारतको उत्तर–पूर्व असम र आसपासको क्षेत्रमा बनेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। भने हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। 

जसले गर्दा आज बुधबार दिउँसोदेखि बिहीबार रातीसम्म वर्षाको सम्भावना रहेको मौसम विभागले जनाएको छ। विभागका अनुसार कोशी प्रदेशका केही स्थानहरूमा तथा बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरू तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन, चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। 

बिहीबार दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने मौसम विभागले जनाएको छ। 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु