शुक्रबार ३० आश्विन, २०८३ (Friday October 16, 2026)

सहकारी पीडितको जीवन रक्षा गर्न मानव अधिकार आयोगको आग्रह

मंगलवार ६ चैत्र, २०८० nepalexplores 1443


सहकारी पीडितको जीवन रक्षा गर्न मानव अधिकार आयोगको आग्रह

६ चैत, काठमाडौं । 
राष्ट्रिय मानव अधिकार आयोगले अनशनरत सहकारी पीडितहरुको जीवन रक्षा गर्न आग्रह गरेको छ।

प्रहरीको कुटपीट बाट घाइते भएका सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानका अध्यक्ष कुशलव केसी चैत १ देखि अनशनमा छन्। राष्ट्रिय मानव अधिकार आयोगले अनशनरत केसीको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको बताएको छ।

सहकारी पीडित बचतकर्ताहरूले काठमाडौंमा गरेको प्रदर्शनका क्रममा प्रहरीले बल प्रयोग गरेको थियो। प्रहरीले बल प्रयोग गरी प्रदर्शनकारीलाई घाइते बनाएको भन्दै पीडितहरूले आयोगमा उजुरीसमेत दिएका छन्। केसीको स्वास्थ्य अवस्थाप्रति संवेदनशील भइ वार्ताको माध्यम बाट पीडितको माग सम्बोधन गर्न आयोगले सरकारसँग आग्रह गरेको छ।

आयोगले शान्तिपूर्ण प्रदर्शन तथा सभा सम्मेलन गर्न पाउने नागरिक अधिकारको रक्षा गर्न आग्रहसमेत गरेको छ।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु