शुक्रबार ३० आश्विन, २०८३ (Friday October 16, 2026)

रोजगारीमा गैरकानुनी बाटोबाट नजान दूतावासको आग्रह

बुधबार १९ बैशाख, २०८१ nepalexplores 1563


रोजगारीमा गैरकानुनी बाटोबाट नजान दूतावासको आग्रह

१९ वैशाख, काठमाडौं ।
नेपाली दूतावासले इस्लामावादस्थित किर्गीस्तानमा आकर्षक रोजगारीको प्रलोभन देखाएर केही समययता धेरै नेपाली ठगिएका तथा त्यहाँ पुगेकाहरू धेरै अलपत्र परेको घटनाहरु बढेको जनाउँदै वैदेशिक रोजगारीका निम्ति कानुनी बाटोमात्र प्रयोग गरेर वैदेशिक रोजगारीमा जान अनुरोध गरेको छ।

दूतावासले मङ्गलबार जारी गरेको सूचनामा भनिएको छ, ‘नेपालीलाई आकर्षक रोजगारीको प्रलोभन देखाई ठगी गर्ने र गलत प्रलोभनमा नेपाली नागरिकलाई विदेश पुर्याएर अलपत्र पार्ने  गैरकानुनी काममा संलग्न हुने व्यक्ति,समूहले प्रचलित कानुनको सामना गर्नुपर्ने हुन्छ। अलपत्र पार्ने काममा संलग्नहरूमा केही नेपाली र केही विदेशीसमेत रहेका जानकारी प्राप्त भएको छ। ठगी गर्ने गिरोहको प्रलोभनमा नफस्न र वैदेशिक रोजगारीमा जानका लागि नेपाल सरकारले व्यवस्था गरेको स्थापित र कानुनी बाटोमात्र प्रयोग गर्न अनुरोध छ।

दूतावासले ठगीमा परेकामध्ये केहीलाई किर्गीस्तानको बाटो प्रयोग गरी अन्य मुलुकमा पठाउने आश्वासन दिइएको जानकारी प्राप्त भएको बताउँदै अलपत्र परेकामध्ये केहीलाई उद्धार गरी नेपाल फर्काइएको, केही फर्कने क्रममा रहेका तर त्यहाँ नेपाली पुग्ने क्रम नरोकिएकामा चिन्ता व्यक्त गरेको छ।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु