बुधबार ८ जेष्ठ, २०८२ (Wednesday May 21, 2025)

आज यी प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन महाशाखाको आग्रह

आईतवार १२ असार, २०७९ फिल्म ~ शाला टिभी 1243


आज यी प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन महाशाखाको आग्रह

काठमाडौं । आइतबार बिहानैदेखि देशभर  पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुन सक्रिय भएसँगै देशका धेरै ठाउँमा अहिले पनि पानी परिरहेको हो ।


आज दिनभर पहाडी भूभागका धेरै तथा बाँकी भागमा मेघगर्जन र चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी, कर्णाली र लुम्बिनी प्रदेशका एक दुई स्थानमा भने भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।


आज राती प्रदेश १, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भने भारी वर्षाको सम्भावना रहेको छ। यसले बाढी र पहिरोको जोखिम बढेको भन्दै मौसमविदले उच्च सतर्कता अपनाउन अनुरोध गरेका छन्। विशेष गरी नदी तटीय क्षेत्र र भिरालो जमिन आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको हो। 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु