शनिबार २० भाद्र, २०८३ (Saturday September 05, 2026)

एमसिसीबारे के भईरहेको छ, जनतालाई स्पष्ट पार्न नेपालको आग्रह

मंगलवार १२ भाद्र, २०८० nepalexplores 1472


एमसिसीबारे के भईरहेको छ, जनतालाई स्पष्ट पार्न नेपालको आग्रह

भदौ १२, २०८० काठमाडौं ।

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले अमेरिकी सहायता परियोजना (मिलेनियम च्यालेन्ज कर्पोरेसन) एमसीसीमा केही अनुचित कुराहरू बाँकी रहे नेपाली जनतालाई जानकारी गराउन आग्रह गरेका छन्।


मंगलबार समाजवादी मोर्चाले बुटवलमा आयोजना गरेको सन्देश सभालाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले अमेरिकाले आर्थिक सहयोगका नाममा राखेका अनुचित स्वार्थ मान्न नसकिने बताए।

‘कसैको आर्थिक सहयोग लिँदा राखिएका अनुचित सर्त स्वीकार्नु हुँदैन। एमसीसीलाई आईपीएससँग जोड्ने कुरा हामी स्वीकार्दैनौँ’, नेता नेपालले भने, ‘त्यो भनेको चीनलाई घेराउ गर्ने अरु देशलाई शत्रु घोषणा गर्ने योजना हो।’

नेता नेपालले नेपालका कुनै पनि देश शत्रु नभएको भन्दै नेपालको संसद्ले व्याख्यात्मक टिप्पणीमार्फत एमसिसी पास गरेको भन्दै त्यसमा नेपाल कुनै पनि सैनिक गठबन्धनमा जान नसक्ने उल्लेख गरिएको बताए।

‘एमसीसी यथावत् पास हुने अवस्थामा पुगेकाले संसद्‌बाट १२ बुँदे व्याख्यात्मक घोषणासहित पास गरेका हौँ,’ उनले भने, ‘अनुचित कुरा बाँकी छन् भने हामीले पास गरेको कुरालाई अमेरिकाले अस्वीकार गरेको हो भने प्रधानमन्त्रीजी जनतालाई जानकारी गराउनुस्। गठबन्धनलाई भन्नुस्, मोर्चालाई भन्नुस्।’




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु