शनिबार ३० श्रावण, २०८३ (Saturday August 15, 2026)

काठमाडौं–भियतनाम पर्यटक आदनप्रदानका लागि दुई चार्टर्ड उडान हुँदै

बिहीबार २७ भाद्र, २०८१ nepalexplores 1490


काठमाडौं–भियतनाम पर्यटक आदनप्रदानका लागि दुई चार्टर्ड उडान हुँदै

२७ साउन, काठमाडौं ।
रुप्से होलिडेजले नेपाल र भियतनामबिच पर्यटक आदनप्रदान गर्न काठमाडौं–भियतनाम थप दुई चार्टर्ड उडान हुने भएको छ। 

यी दुई मुलुकबीच सिधा उडान सुरु भइसकेको छैन। सोहीकारण पर्यटकलाई समूहमा ल्याउन चार्टर्ड उडान गर्न लागेको जानकारी गराएको छ। नेपाल र भियतनामबिच पर्यटक आदनप्रदान गर्न यस अघि पनि चार्टर उडान गरिएको थियो।

यस वर्ष दशैंको टिकालगत्तै ३० असोज अर्थात् १६ अक्टोबर देखि ५ दिनका लागि नेपालबाट भियतनाम र भियतनामबाट  थप दुई चार्टर उडान गरी नेपाल र भियतनामलाई जोड्न पर्यटक आदनप्रदान गर्न चार्टर उडान गर्न लागेको कम्पनीले जनाएको छ।

नेपालबाट भियतनाम घुम्न जाने पर्यटकका लागि पाँच दिनको टुर प्याकेज तयार पारिएको छ। भियतनामको राजधानी हानोई आसपासका पर्यटकीय गन्तव्यमा नेपाली पर्यटकलाई घुमाइने भएको छ।

भियतनामबाट नेपाल आउने भियतनामी पर्यटकलाई भक्तपुर, नगरकोट, काठमाडौं दरबार स्क्वायर, पाटन दरवार स्क्वायर, स्वयम्भु र बौद्धनाथको दर्शन गराउने गरी कार्यक्रम तयार भएको कम्पनीले जनाएको छ।

नेपाल र भियतनामबीच सिधा उडान नहुने भएकाले चार्टर उडानमार्फत भ्रमण गराउन लागेको जनाएको हो। 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु