बिहीबार २९ आश्विन, २०८३ (Thursday October 15, 2026)

एमसीसीको व्याख्यात्मक टिप्पणी नाटक मात्रै होः  पूर्वप्रधानमन्त्री खनाल

सोमबार ११ भाद्र, २०८० nepalexplores 1410


एमसीसीको व्याख्यात्मक टिप्पणी नाटक मात्रै  होः  पूर्वप्रधानमन्त्री खनाल


११ भदौ, काठमाडौं । 
पूर्वप्रधानमन्त्री एवं एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसींं) संसदबाट अनुमोदन भएपछि नेपालमा अमेरिकी प्रभाव बढ्दै गएको जिकिर गरेका छन् । विप्लव नेतृत्वको नेकपाले सोमबार राजधानीमा आयोजना गरेको अन्तरक्रिया कार्याक्रममा बोल्दै खनालले उक्त धारणा राखेका हुन् । 

नेपालमा झण्डै इन्डो–प्यासेफिक स्टाट्रेजी (आइपिएसंं)ं लागू भएको भन्दै खनालले जनदबाबका कारण रोकिएको जिकिर गरे ।  उनले अमेरिकाकासामु नेपाली नेताहरू थरथर काँपेर एमसीसी अनुमोदन गरेको समेत आरोप लगाए ।

 ‘एमसीसी अनुमोदनका लागि बाइडेन साबले डोनाल्ड डू साबलाई यहाँ पठाए । तपाईंले यो पास गर्नुहुन्छ भने गर्नोस्  होइन भने तपाईँहरूलाई चीनियाँ एजेण्ट भन्छौं भनेपछि हाम्रा नेताहरू थरथर काँपेर एमसीसी अनुमोदन गरे’, उनले भने । 

अमेरिकाको समयसीमा अनुसार एमसीसी लागू गर्न दबाब दिएको भन्दै यो कसरी लागू हुन्छ त्यो भने हेर्न बाँकी रहेको उनले बताए ।  उनले संसदबाट अनुमोदन भएको व्याख्यात्मक टिप्पणीसहितको एमसीसीलाई नाटकको संज्ञा दिए । 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु