मंगलवार २६ फाल्गुन, २०८२ (Tuesday March 10, 2026)

हामी सरकारका गतिविधिलाई नियाली रहेका छौः खनाल

बिहीबार २६ माघ, २०७९ nepalexplores 1327


हामी सरकारका गतिविधिलाई नियाली रहेका छौः  खनाल

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले आफूहरुले अहिलेको सरकारका गतिविधिहरुलाई नजिकबाट नियाली रहेको बताएका छन् । बिहीवार निर्वाचन प्रणाली सुधारको सम्बन्धमा निर्वाचन आयोगले राखेको छलफलमा उपस्थित हुन सिंहदरबार आएका खनालले सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै यस्तो बताएका हुन् ।

उनले सरकारलाई आफूहरुले दिएको समर्थन जारी रहने समेत बताए । सरकारले राम्रो काम गरुञ्जेल आफूहरुको समर्थन रहने उनको भनाई छ । उनले भने– ‘समर्थन चाहीँ हामीले गरेकै छौँ । समर्थन हाम्रो जारी नै रहन्छ । सरकारले राम्रो काम गरुन्जेल । नराम्रो काम नगरुन्जेल हाम्रो समर्थन रहन्छ । तर अहिले सरकारमा जानेकुरा हाम्रो त्यस्तो केही छैन ।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु