बुधबार २ बैशाख, २०८३ (Wednesday April 15, 2026)

टीआरसीबारे सर्वदलीय छलफल गर्ने सरकारको तयारी

बिहीबार २१ भाद्र, २०८० nepalexplores 1240


टीआरसीबारे सर्वदलीय छलफल गर्ने सरकारको तयारी


 २१ भदौ २०८०, काठमाण्डौँ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संक्रमणकालीन न्यायसम्बन्धी विधेयकका विषयमा सर्वदलीय बैठक राख्ने तयारी गरेका छन् । बिहीबार प्रधानमन्त्री प्रचण्ड आफ्नो चीन भ्रमणबारेको छलफलमा प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा जाँदैछन् ।


दिउँसो १ बजे प्रतिनिधि सभाको बैठक छ । प्रतिनिधि सभाको बैठक पछाडि वा शुक्रबार बिहान सबै दलका शीर्ष नेताहरु, प्रमुख सचेतक र सचेतकहरुको बैठक राख्ने तयारी छ ।

‘संसदको बैठक भएकाले त्यस अगाडि सर्वदलीय बैठक सम्भव भएन । त्यसपछाडि बस्न सक्छ,’ माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डले भने ।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु