सोमबार ८ असार, २०८३ (Monday June 22, 2026)

दलाल  पुँजीवादीहरु हावी हुँदा संविधान कार्यान्वयनमा चुनौती थपियोः पुर्वप्रधानमन्त्रि नेपाल

बुधबार ३ आश्विन, २०८० nepalexplores 1464


दलाल  पुँजीवादीहरु हावी हुँदा संविधान कार्यान्वयनमा चुनौती थपियोः पुर्वप्रधानमन्त्रि नेपाल

३ असोज, काठमाडौँ । 
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पुर्वप्रधानमन्त्रि माधवकुमार नेपालले दलाल नोकरशाही पुँजीवादका कारण संविधान कार्यान्वयनमा चुनौतीहरु थपिएको बताएका छन्।

बुधवार नेपाल रिटर्नी एशोसिएशनको प्रथम राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले दलाल नोकरशाही पुँजीवादले नेपालको राजनीति र अर्थतन्त्रलाई कब्जामा लिएका कारण संविधान कार्यान्वयनमा समस्या भएको बताएका हुन्।

उनले पहिले देशलाई दलाल नोकरशाही पँुजीवादको कब्जाबाट मुक्त गर्नुपर्ने आवश्यकता रहेको बताए। उनले शोषणको नयाँ–नयाँ रुपहरुलाई अन्त्य गर्दै राष्ट्रिय पुँजी विकासको वातावरण तयार नगरेसम्म संविधानमा लेखिएको कुरा व्यवहारमा लागू गर्न नसक्ने बताए।

उनले संविधानले सबै प्रकारका अधिकारहरु दिएको भएपनि त्यसको कार्यान्वयनमा भने चुनौती रहेको बताए। उनले आजको दिन समाजमा भएका सबै भेदभाव, अन्याय, अत्याचार, पछौटेपन र गरिबीलाई अन्त्य गर्ने संकल्प गर्नुपर्ने आवश्यकता रहेको पनि बताए।

पुर्वप्रधानमन्त्रि नेपालले संविधानमा उल्लेख गरिएका कुराहरुलाई व्यवहारमा लागू गरेर देखाउन सबैलाई आग्रह समेत गरे। उनले एकीकृत समाजवादी र समाजवादी मोर्चाले सरकारले गरेको राम्रो कामहरुलाई साथ दिने बताए।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु