शुक्रबार ३० आश्विन, २०८३ (Friday October 16, 2026)

भ्रष्टाचारका फाइल खुलेपछि सरकार ढाल्ने खेल हुन थाल्योः गुरुङ

सोमबार ८ आश्विन, २०८० nepalexplores 1513


भ्रष्टाचारका फाइल खुलेपछि सरकार ढाल्ने खेल हुन थाल्योः   गुरुङ

८ असोज, काठमाडौं । 

कानुन न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले सरकारले गति लिन खोज्दा ब्रेक लागेको टिप्पणी गरेका छन् । सोमबार पार्टीको केन्द्रीय समितिको बैठकमा बोल्दै मन्त्री गुरुङले सरकार अघि बढ्न खोज्दा हातखुट्टा बाँधिएको बताएका हुन् ।

‘म त्यही मन्त्रिपरिषदको मन्त्री हुँ । तर बीच बीचमा ब्रेक लाग्छ, अपर्झट ब्रेक लाग्छ । एकदम सय किलोमिटर प्रतिघण्टाको रफ्तारमा अब कुदयो है भन्ने लाग्छ । त्यसपछि हावाकावा चल्छ, ब्रेक लाग्छ’ कांग्रेस उपसभापतिसमेत रहेका गुरुङले भने, ‘बडो चिन्ताको विषय छ ।’


कांग्रेस सभापति शेरबहादुर देउवालाई सम्बोधन गर्दै मन्त्री गुरुङले भने, ‘निवेदन छ सभापति महोदय, यसरी एकदमै छिटो दौडिन खोज्दा हातखुट्टा बाँधियो भने सरकार अगाडि बढ्न सक्दैन ।’

मन्त्री भनेको दुई दिनको घाम छायाँ हो भन्दै गुरुङले बसुन्जेल राम्रो काम गरौं भन्ने सोचाइ भए पनि काम गर्न सहज नभएको बताए । ‘‘गर्न खोजेको, मनले ताकेको, आँटेको काम सहज ढंगबाट गर्न नसकिरहेको अवस्था छ’, उनले भने ।


राजनीति गर्ने व्यक्तिले व्यक्तिको नभई पार्टीको मुख हेर्नुपर्ने भन्दै उपसभापति गुरुङले व्यक्तिको मुख हेर्दा पार्टी ध्वस्त हुने स्थिति आउन नहुने बताए । ‘पार्टी बनाउन चाहन्छौं भने काण्डहरुको निष्पक्ष छानबिन गर्नमा हामी तलमाथि गर्दैनौं भन्नुपर्छ’, उनले भने ।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु