शनिबार १४ पुष, २०८०
१४ पुस, काठमाडौं
ललितपुरको बालकुमारीमा शुक्रबार प्रहरीको गोली लागेर दुई युवाको मृत्यु भएको विरोधमा शनिबार काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन भएको छ ।
विभिन्न राजनीतिक दलका युवाहरुले प्रहरीको गोली लागी दुई युवकको मृत्यु भएको घटनाका बिषयलाई लिएर माइतीघरमा प्रदर्शन गरेका हुन् । जिल्ला प्रशासन कार्यालयले माइतीघरलाई निषेधित क्षेत्र घोषणा गरी प्रदर्शनमा रोक लगाएको थियो । त्यसै कारण प्रहरीले प्रदर्शनकारीलाई पक्राउ गरेको हो ।
शुक्रबार पानीजहाज बनाउने कामका लागि कोरियाली भाषा परीक्षा दिएका तर फेल भएका युवाहरुले पुनः भाषा परीक्षामा सहभागी हुन पाउनुपर्ने माग गर्दै ललितपुरको बालकुमारी क्षेत्रमा प्रदर्शन गरेका थिए । त्यस क्रममा प्रहरीले गोली लागेर दुई युवकको मृत्यु भएको थियो ।