बुधबार ३० माघ, २०८१ (Wednesday February 12, 2025)

अफगानिस्तानमा रुसी जहाज दुर्घटना 

आईतवार ७ माघ, २०८० Nepalexplores 1277


अफगानिस्तानमा रुसी जहाज दुर्घटना 

७ माघ, काठमाडौं । 
भारत बाट उज्वेकिस्तान हुँदै मस्को जान लागेको रुसी जहाज अफगानिस्तानमा दुर्घटनामा परेको छ । रसियन नागरिक उड्डयन प्राधिकरणलाई उदृत गर्दै अन्तर्राष्ट्रिय सञ्चार माध्यम र रसियाली अधिकारीहरुका अनुसार जहाजमा ६ जना यात्रु थिए र त्यो विमान चार्टर गरिएको थियो ।

 

जहाज अफगानिस्तानको बदाक्षन प्रान्तको पहाडी क्षेत्रमा दुर्घटना भएको अफगानिस्तानको टोलो समाचार संस्थाले जनाएको छ । रुसका अधिकारीहरुले आइतबार राति भारतबाट उडेको जहाज अफगानिस्तानको आकाशबाट राडारसँग सम्पर्कविच्छेद भएको थियो । अफगान प्रहरीले भने उक्त जहाज दुर्घटना भएको रिपोर्ट प्राप्त भएको समाचार संस्था रोयटर्सले जनाएको छ ।

 

अफगानिस्तानका प्रान्तीय प्रहरी प्रवक्ताले आइतबार उत्तरी अफगानिस्तान प्रहरीलाई बदाक्षन प्रान्तमा एक विमान दुर्घटना भएको रिपोर्ट प्राप्त भएको बताएका थिए । बदाक्षन प्रान्त सरकारका प्रवक्ता जबिहुल्लाह अमिरीका अनुसार दुर्घटनास्थलमा एक टोली पठाइएको छ । अधिकारीहरुका अनुसार उक्त जहाज चार्टर गरिएको एयर एम्बुलेन्स हो । त्यसमा ६ जना यात्रु थिए ।
दुर्घटनास्थल प्रान्तीय राजधानी फैजाबाद बाट २०० किलोमिटर टाढा विकट क्षेत्रमा पर्दछ । त्यहाँ पुग्न १२ घण्टासम्म लाग्ने प्रवक्ता अमिरीले बताएका छन् ।

 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु