शुक्रबार ३० आश्विन, २०८३ (Friday October 16, 2026)

वैदेशिक रोजगारमा जाने कामदारको स्वास्थ्य परीक्षण व्यवस्थित गर्ने प्रतिबद्धता

शुक्रबार १२ माघ, २०८० Nepalexplores 1465


वैदेशिक रोजगारमा जाने कामदारको स्वास्थ्य परीक्षण व्यवस्थित गर्ने प्रतिबद्धता

१२ माघ,काठमाडौँ । 
शुक्रबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गरेको कार्यक्रममा वैदेशिक रोजगारमा जाने कामदारहरुको स्वास्थ्य परीक्षण र पूर्वप्रस्थान अभिमुखीकरण तालिमलाई व्यवस्थित गर्ने प्रतिबद्धता जनाएका छन् । दुवै काम प्रभावकारी हुन नसक्दा विदेशमा धेरै नेपालीहरू अप्ठ्यारामा पर्नुका साथै अंगभंग तथा मृत्यु समेत हुने गरेका छन् । उक्त कार्यलाई व्यवस्थित गरेर प्रभावकारी बनाउन सरोकारवालाले प्रतिबद्धता व्यक्त गरेका हुन् ।

 

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव केवल प्रसाद भण्डारीको अध्यक्षतामा वैदेशिक रोजगारमा जाने कामदारको पूर्वप्रस्थान अभिमुखीकरण तालिम एवं स्वास्थ्य परीक्षण गर्ने कार्यलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको थियो ।


कार्यक्रममा मन्त्रालय, वैदेशिक रोजगार विभाग तथा वैदेशिक रोजगार बोर्ड, वैदेशिक रोजगार व्यवसायी संघ, पूर्व प्रस्थान अभिमुखीकरण तालिम प्रदायक संस्था एवं वैदेशिक रोजगारमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्था र सरोकारवालाहरुको उपस्थिति रहेको थियो । तालिम मार्फत आफूसँग सरोकार राख्ने सम्पूर्ण सूचनाहरू नपाइकन वैदेशिक रोजगारमा जाने कामदारहरूको संख्यालाई शून्यमा झार्ने व्यवस्था मिलाउने प्रतिबद्धता व्यक्त गरिएको छ ।

 

वैदेशिक रोजगार विभाग तथा अन्य निकायहरूले अनुगमन कार्यलाई प्रविधिको प्रयोग मार्फत तीव्रता एवं नियमितता दिने प्रतिबद्धता जाहेर गरेका छन्। कार्यक्रममा प्रस्थान अभिमुखीकरण तालिम र स्वास्थ्य परीक्षण कार्यमा देखिएका कमीकमजोरी औँल्याउँदै यसलाई बढी प्रभावकारी बनाउने तयारी रहेको बताए । 


 




मतहरू

Salem

Nora Lowe


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु