बुधबार ७ आश्विन, २०८३ (Wednesday September 23, 2026)

कोशीमा १० सदस्यीय मन्त्रीमण्डल विस्तार, अर्थ मन्त्रालय मुख्यमन्त्रीसँगै राखिने 

शुक्रबार २६ माघ, २०८० nepalexplores 1530


कोशीमा १० सदस्यीय मन्त्रीमण्डल विस्तार, अर्थ मन्त्रालय मुख्यमन्त्रीसँगै राखिने 


२६ फागुन, काठमाडौं । 

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आफु नियुक्त भएको चार महिनापछि सरकारलाई पूर्णता दिएका छन् । चार मन्त्री र दुई राज्यमन्त्री थप गर्दै कार्कीले सरकारलाई पूर्णता दिएका हुन् ।

२७ असोजमा मुख्यमन्त्री नियुक्त भएका कार्कीले भोलिपल्ट दुई जना मन्त्री नियुक्त गरेका थिए । १७ कात्तिकमा माओवादी केन्द्र र एकिकृत समाजवादी पार्टीबाट एक–एक जना मन्त्री नियुक्त गरे ।  त्यसयता भने सरकार विस्तार गर्न सकेका थिएनन् ।


पटक–पटक सरकार विस्तारको भाका सारेका मुख्यमन्त्री कार्कीले शुक्रबार चार जना मन्त्री र दुई राज्यमन्त्री नियुक्त गरेका हुन् । आर्थिक मामिला तथा योजना मन्त्रालय उनले आफैसँग राखेका छन् ।

माओवादी केन्द्रबाट नारायणबहादुर मगर खानेपानी सिचाई तथा उर्जा मन्त्री बनेका छन् । उदयपुरको प्रदेशसभा निर्वाचन क्षेत्र नं.२(१) बाट प्रदेशसभामा दोस्रो कार्यकालका लागि निर्वाचन भएका थिए ।

माओवादीबाटै राजेन्द्र कार्की सामाजिक विकास मन्त्री बनेका छन् । कार्की यसअघि उद्धब थापाको पहिलो कार्यकालमा विनाविभागीय मन्त्री बनेका थिए ।

नेपाली कांग्रेस सांसद प्रदिपकुमार सुनुवार स्वास्थ्य मन्त्री नियुक्त भएका छन् । ओखलढुंगा प्रदेशसभा १ बाट निर्वाचित सुनुवार यसअघि उद्धव थापा दुई पटक मुख्यमन्त्री हुँदा दुवै पटक मन्त्री बनेका थिए । उनी संस्थापन समूहका हुन् ।

कांग्रेसबाट रामकुमार खत्री उद्योग,कृषि तथा सहकारी मन्त्री बनेका छन् । उनी उदयपुरको २(२) बाट निर्वाचित हुन् । 

कांग्रेसबाट सांसद इन्दिरा थापा र  सुनिताकुमारी गुरुङ राज्यमन्त्री बनेकी छन् । थापा आर्थिक मामिला तथा योजना मन्त्रालयको राज्यमन्त्री नियुक्त भएकी हुन् । गुरुङ आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री नियुक्त भएकी छन् ।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु