मंगलवार ६ आश्विन, २०८३ (Tuesday September 22, 2026)

संसदीय छानबिन समितिद्धारा अर्थ मन्त्रालयसँग सिसिटिभी फुटेज माग

मंगलवार २८ असार, २०७९ Nepalexplores 1516


संसदीय छानबिन समितिद्धारा अर्थ मन्त्रालयसँग सिसिटिभी फुटेज माग


काठमाडौँ । करको दर हेरफेर गरिएको भनिएको विषयमा जनार्दन शर्मामाथि छानबिन गर्न गठित संसदीय विशेष समितिले अर्थमन्त्रालयसँग सिसिटिभी फुटेजसहित अन्य कागजातहरू माग गरेको छ।

मंगलबार सिंहदरबारमा बसेको समितिको पहिलो बैठकले बजेट निर्माणका क्रममा भएको भनिएको करको दर हेरफेरका सम्बन्धमा अध्ययन गर्न बजेट निर्माणको बेलाको सिसिटिभी फुटेज माग गर्ने निर्णय गरेको हो।


समितिका सचिव सुरेन्द्र अर्यालका अनुसार सिसिटिभी फुटेज सहित अन्य आवश्यक कागजात समेत माग गर्ने निर्णय भएको छ। समितिको निर्णय अनुसार समिति सचिवालयले अर्थ मन्त्रालयलाई पत्राचार गर्ने उनले जानकारी दिए।

पहिलो बैठकले समितिको आन्तरिक कार्यविधि पारित गरेको छ। सभापति चयनमा भने सत्तापक्ष र विपक्षले दाबी प्रस्तुत गरेपछि पहिलो बैठकले टुंग्याउन सकेन। अर्को बैठक बुधबार दिउँसो साढे २ बजेका लागि बोलाइएको छ।




मतहरू

rwlzqnildk

Muchas gracias. ?Como puedo iniciar sesion?


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु